दफा १४
भेटघाट र पत्र व्यवहार

(१) कुनै थुनुवा वा कैदीले वा त्यस्तो थुनुवा वा कैदीसित अरू कुनै व्यक्तिले भेट वा पत्र व्यवहार गर्न चाहेमा, तोकिएको अवस्थामा बाहेक, भेट वा पत्र व्यवहार गर्न तोकिएबमोजिम दिइनेछ ।

तर यस उपदफामा लेखिएको कुनै कुराले कुनै थुनुवा वा कैदीको कानुनी सल्लाहकारलाई त्यस्तो थुनुवा वा कैदीसित तोकिएबमोजिम भेट गर्न बाधा पुरायाउने छैन ।

(२) उपदफा (१) मा गरिएको व्यवस्थाको विरुद्ध कुनै पत्र व्यवहार गरिएकोमा त्यस्तो सबै पत्र इत्यादि नष्ट गर्न सकिनेछ ।